चितवनको नारायणी ग्यास १५ करोड रुपैयाँमा नेपाल ग्यासले किन्यो, सबैभन्दा ठूलो ग्यास उद्योग बन्यो

चितवनको नारायणी ग्यास १५ करोड रुपैयाँमा नेपाल ग्यासले किन्यो, सबैभन्दा ठूलो ग्यास उद्योग बन्यो

जग्गा वाहेक प्लान्ट र सिलिण्डरको भ्यालुएसन गरेर नेपाल ग्यासले किनेको हो।‘नारायणी ग्यास किन्ने निर्णय भएको हो।खरीदबिक्रीको प्रकृया भने पूरा गर्न बाँकी छ’नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीले बिजमाण्डूसँग भने।नारायणी ग्यास किनेपछि नेपाल सबैभन्दा ठूलो ग्यास उद्योग बनेको छ।नारायणीका संचालक राजेन्द्र बुर्लाकोटीले बैना समेत पाएर प्लान्ट र सिलिण्डर समेत जिम्मा लगाइसकेका छन्।नारायणी ग्यासको ८० प्रतिशत बजार काठमाडौं हो भने बाँकी उपत्यका वाहिर छ।

नेपाल ग्यासले काठमाडौंको बजार हेरेरनै नारायणी ग्यास किनेको हो।नारायणी ग्यासको मासिक कोटा सात सय टन छ भने सिलिण्डर १ लाख ७३ हजार छ।नारायणी ग्यास अबदेखि नेपाल ग्यासको बालाजुमा रहेको बोटलिङ प्लान्टमा भर्नेछ।उनले नारायणी ग्यासको ब्राण्डका परिवर्तनका बारेमा टुंगो नलागेको बताए।‘नारायणी ब्राण्ड राख्ने कि नेपाल ग्यास राख्ने भन्ने टुंगो लागेको छैन’उनले भने,’हामीले यसका बारेमा छिट्टै निर्णय गर्नेछौ।’उनले ८ घण्टामा १२ हजार सिलिण्डर भर्नसक्ने क्षमता रहेको बताउँदै काठमाडौंको बजारलार्इ धान्नेगरिनै हजार टन क्षमताको स्टोरेज प्लान्ट समेत रहेको बताए।

‘विश्वकै सुरक्षित भण्डारण बनाएका छौं।हामीले उपभोक्तालार्इ सहज रुपमा ग्यास वितरणका लागि ठूलो धनराशी खर्चेर भण्डारण निर्माण गरेका हौं,भण्डारीले भने।६ वर्षअघि नयाँ समूहले नेपाल ग्यास किनेपछि एग्रेसिभ बजार विस्तार गर्ने क्रममा नारायणी ग्यास कनेको हो।अविनाश समूहले ८८ करोड रुपैयाँमा पशुपति शम्शेर राणासँगबाट नेपाल ग्यास किनेको थियो।

यो ग्यास किन्नेवित्तिकै क्षमता विस्तारमा लागेको थियो।यो उद्योगमा थप ४५ करोडको लगानी थपिसकेको छ। दैनिक ३६ हजार थान सिलिन्डर भर्ने क्षमता भएको पूर्ण अटोमेटिक प्लान्ट संचालनमा आइसकेको छ। स्टोरेज प्लान्टको मेसिनरी भारत र फिलिङको मेसिनरी फ्रान्सबाट ल्याएको हो।अहिले नेपाल ग्यासको सिलिन्डर पाँच लाख ५१ हजार आठ सय ४९ पुगेको छ ।

Avinash group is a leading business conglomerate of Nepal

Contact Address

Avinash Group

P.O. Box: 44207, EPC: 1319

Anandamarga , Narayangadh

T:+97756570315

F: +977 - 01 - 4456238

E: [email protected]